प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN
जेष्ठ २०८०
निरीक्षण तथा निर्देशन सम्बोधन
२०८०-०२-२९

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले बागमती प्रदेश प्रहरी कार्यालय मातहत सिन्धुपाल्चोक जिल्ला अन्तर्गतका ईलाका प्रहरी कार्यालय बाह्रबिसे र ईलाका प्रहरी कार्यालय कोदारी सिन्धुपाल्चोकको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुभएको छ । आज आयोजित छुट्टाछुट्टै कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख राणाले कार्यालयहरूको वस्तुस्थिती तथा सम्पादित पछिल्लो गतिबिधीको जानकारी लिनुका साथै सीमा क्षेत्रमा हुन सक्ने आपराधिक गतिबिधी न्यूनिकरण गरी संगठनले सुम्पेको जिम्मेवारी नागरिकमैत्री तवरले त्रुटिरहित ढंगबाट सम्पादन गर्न आवश्यक बिभागिय निर्देशन समेत दिनुभएको हो ।

विभिन्न स्थानमा मानिस झुण्डिएको अवस्थामा मृत फेला
२०८०-०२-२५

चितवन, भरतपुर महानगरपालिका-९, शरदपुर बस्ने ४९ वर्षीय सुरज पौडेल घरको भान्सा कोठाको सिलिङ पंखामा सलको पासो लगाई झुण्डिएको अवस्थामा मृत रहेको । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको  छ । त्यसै गरी रत्ननगर नगरपालिका-९, मोहोना टोल बस्ने अन्दाजी २५ वर्षीया शसी कार्की घरको कोठामा पंखाको सिलिङमा सलको पासो लगाई झुण्डिएको अवस्थामा मृत रहेको । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।काभ्रेपलाञ्चोक, पनौती नगरपालिका-५, चौकोट बस्ने ४२ वर्षीय दिपक के.सि. आफ्नै बनिरहेको घरको भर्‍याङ छोप्न उठाएको पिल्लरको रडमा बिजुलीको तारले पासो लगाई झुण्डिएको अवस्थामा मृत रहेको । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

संचारकर्मीहरूसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
२०८०-०२-२४

बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा संचारकर्मीहरूसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज आयोजित एक कार्यक्रमका बीच बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाको प्रमुख आतिथ्यतामा मकवानपुर जिल्लास्थित विभिन्न संचार माध्यममा आवद्ध संचारकर्मीहरूसँग उक्त कार्यक्रम सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रममा उपस्थित संचारकर्मीहरूले बागमती प्रदेशको शान्ति सुरक्षाको विषयमा विभिन्न जिज्ञासा राख्नुभएको थियो भने प्रदेश प्रहरी प्रमुख राणाले संचारकर्मीको जिज्ञासाको जवाफ दिनुभएको थियो । यसैगरी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राणाले प्रभावकारी शान्ति सुरक्षा व्यवस्थापनमा संचार माध्यमको समेत महत्वपूर्ण भूमिका हुने भएकाले निरन्तर समन्वय गर्दै अगाडी बढ्न संचारकर्मीहरूलाई आह्वान समेत गर्नुभएको थियो । कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीले बागमती प्रदेश प्रहरी अन्तर्गतका कार्यालयहरूको काम कारबाहीको सन्दर्भमा संक्षिप्त प्रस्तुतीकरण गर्नुभएको थियो । 

टावर क्रेन बनाउने सामानले लागी मानिसको मृत्यु
२०८०-०२-१५

रसुवा, गोसाईकुण्ड गाउँपालिका-३, लिङलिङ स्थित पासाङ ल्हामु सडक अन्तर्गत टिमुरे-स्याफ्रु सडकखण्डमा बारा जिल्ला स्थित निजगढ फास्टट्रयाक निर्माणको सामाग्री टावर क्रेन (फलाम) लोड भएको ना ४ ख २००४ नम्बरको प्लेटफर्म (टेलर) रसुवाबाट निजगढ तर्फ जाने क्रममा उक्त सामान सोही प्लेटफर्मबाट खस्न लागेकोले उक्त प्लेटफर्म चालक जिल्ला धादिङ, थाक्रे गाउँपालिका-५ घर भएका अन्दाजी ५०/५५ वर्षीय हरी तामाङले सामान बाँधेको चेनको पुल्ली मिलाउन खोज्दा अचानक चेनपुल्ली खुस्किन गई सामानले निजको टाउकोमा लागी घटनास्थलमै मृत्यु भएको छ ।  यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सवारी दुर्घटनाबाट एकको मृत्यु
२०८०-०२-१३

मकवानपुर, मनहरी गाउँपालिका-९, रजैया स्थित पूर्व-पश्चिम सडक खण्डमा हेटौंडाबाट चितवन तर्फ जाँदै गरेको ग १ क २२९७ नम्बरको मिनि ट्रकले बिपरीत दिशाबाट आउँदै गरेको बा ३ ख ८३९४ नम्बरको बसमा सवार हाल नामथर वतन नखुलेको अन्दाजी ३०/३२ वर्षीय पुरुष व्यक्ति सिटमा बसी झ्यालबाट हात बाहिर निकालेको अवस्थामा दुबै सवारीले चेप्पिन गई दाहिने हातको पाता भन्दा मुनिको भाग चुडिएको र निधारमा चोट लागेको हुदाँ घाइतेलाई चुडिएको हात सहित उपचारको लागी हेटौंडा अस्पताल पठाएकोमा निजको उपचारको क्रममा मृत्यु भऐको छ । दुबै सवारी र सवारी चालक नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

निरीक्षण तथा निर्देशन सम्बोधन
२०८०-०२-१२

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणा समेतको अनुगमन टोलीद्वारा बागमती प्रदेश प्रहरी कार्यालय मातहत जिल्ला प्रहरी कार्यालय दोलखाको निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ । आज आयोजित एक कार्यक्रम वीच जिल्ला प्रहरी कार्यालय दोलखाबाट सम्पादित कार्यहरूको जानकारी लिनुका साथै भएगरेका समग्र कामकारवाहीहरूको स्थलगत अनुगमन समेत गरिएको थियो । उक्त कार्यक्रममा संगठनले सुम्पेको जिम्मेवारी नागरिकमैत्री तवरले त्रुटिरहित ढंगबाट सम्पादन गरी प्रभावकारी सेवा प्रवाह गर्न प्रहरी कर्मचीहरूलाई आवश्यक बिभागीय निर्देशन समेत दिईएको थियो । स्थलगत अनुगमनको क्रममा दोलखा जिल्ला स्थित स्थानीय जनप्रतिनिधि, नागरिक समाज, राजनैतिककर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि, पूर्व प्रहरी, संचारकर्मी, सरोकारवाला निकायहरु लगायतसंग सुरक्षा सरोकारका विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । यसै अवसरमा जिल्ला सुरक्षा समितिका पदाधिकारीसंग समेत जिल्लाको सुरक्षा व्यवस्थापन सम्बन्धमा आवश्यक अन्तरक्रिया गरिएको थियो ।

सिन्धुली र चितवनमा झुण्डी मृत्यु
२०८०-०२-११

सिन्धुली, दुधौली नगरपालिका-११, तल्लो धन्सरी बस्ने अन्दाजी वर्ष ९ को युबराज जोगी आफ्नै घरको कोठामा काठको कोरामा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । त्यसै गरी दुधौली नगरपालिका-१०, सिर्नजना नगर स्थित हाम्रो कटेज होटलमा जिल्ला धनुषा, महेन्द्रनगर घर बताउने वास्तविक वतन नखुलेको अन्दाजी २३।२४ वर्षीय विनय सिङ कोठा बुक गरी बसेकोमा निज बिहान अबेर सम्म नउठेकोले उक्त होटल संचालकले कोठामा गई हेर्दा पंखाको हुकमा पर्दाको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।चितवन, भरतपुर महानगरपालिका-२६, ज्योतिनगर बस्ने ४४ वर्षीया रनिता अधीकारी आफ्नै आफ्नै घरमा कोठाको सिलिङमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

निरीक्षण तथा निर्देशन सम्बोधन
२०८०-०२-१०

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणा समेतको अनुगमन टोलीद्वारा बागमती प्रदेश प्रहरी कार्यालय मातहत जिल्ला प्रहरी कार्यालय रामेछापको निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ । आज आयोजित एक कार्यक्रममा बीच जिल्ला प्रहरी कार्यालय रामेछापबाट सम्पादित कार्यहरुको जानकारी लिनुका साथै भए गरेका समग्र कामकारवाहीहरुको स्थलगत अनुगमन समेत गरिएको थियो । उक्त कार्यक्रममा संगठनले सुम्पेको जिम्मेवारी नागरिकमैत्री तवरले त्रुटिरहित ढंगबाट सम्पादन गरी प्रभावकारी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीहरुलाई आवश्यक बिभागीय निर्देशन समेत दिईएको थियो ।

निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न
२०८०-०२-०९

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले भर्चुअल माध्यम मार्फत मातहत कार्यालय प्रमुखहरूलाई निर्देशन दिनुभएको छ । उक्त कार्यक्रममा मातहत जिल्ला प्रहरी प्रमुख तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखले सम्पादित कार्यको प्रस्तुतिकरण गर्नुका साथै प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीले बागमती प्रदेश अन्तर्गतका प्रहरी ईकाईहरूबाट २०८० साल वैशाख महिनामा सम्पादित कार्यहरू सहितको निर्देशनात्मक प्रस्तुति समेत प्रस्तुत गर्नु भएको थियो । यसै अवसरमा बागमती प्रदेश प्रहरी प्रमुख राणाले पूर्ण व्यवसायिक रूपमा संगठनले अंगिकार गरेको शुन्य सहनशिलताको नीति अनुरुप कार्य सम्पादन गर्ने, तस्करी नियन्त्रणमा निर्मम तरिकाले प्रस्तुत हुने, प्रहरी आचरण व्यवहार सुधार गर्ने, प्राकृतिक स्रोत साधनको अवैध दोहन नियन्त्रण गर्ने, फरार अपराधी पक्राउ गर्ने, व्यवस्थित ट्राफिक व्यवस्थापन गर्ने, कुनै पनि गुनासो नआउने तबरले आम नागरिकलाई प्रभावकारी सेवा प्रवाह गरी बागमती प्रदेश भरको शान्ति सु-व्यवस्था अमन चयन तथा अपराध नियन्त्रणमा प्रभावकारी रूपमा परिचालित हुन आवश्यक विभागीय निर्देशन दिनुभयो ।

रूखबाट लडी दुई जनाको मृत्यु
२०८०-०२-०८

सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-६, चिसापानी बस्ने अन्दाजी ५० वर्षीया शान्तिमाया माझी घरबाट अन्दाजी २०० मिटर दश्चिण तर्फ आफ्नै बारीमा रहेको स्वामीको रूखमा चढी स्याउला झार्ने क्रममा सोही रूखबाट लडी मृत्यु भएको छ । यस घटना सम्बन्धमा आवश्यक अनुसन्धानन कार्य भईरहेको छ ।रामेछाप, मन्थली नगरपालिका-८, चिसापानी सुहानटार बस्ने अन्दाजी ३५ वर्षीया बिन्दा मग्राती आफ्नै घर नजिक रहेको कटहरको रूखमा घाँस काट्ने क्रममा आफैँ लडी घाईते भई उपचारको लागि धुलिखेल अस्पताल काभ्रेपलाञ्चोक लगिएकोमा अस्पताल पुग्नसाथ निजको मृत्यु भएको छ । यस घटना सम्बन्धमा आवशयक अनुसन्धान कार्य भईरहेको छ ।

सवारी दुर्घटनाबाट स्कुटर चालकको मृत्यु
२०८०-०२-०७

चितवन, भरतपुर महानगरपालिका-१२, टिकौली जंगल स्थित टाँडीबाट भरतपुर तर्फ आउँदै गरेको ना ४ ख ६६७४ नम्बरको ट्रकले सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३-००२ प ७६८८ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिदाँ स्कुटर चालक सहित पछाडि सवार दुवै जना गम्भिर घाईते भई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर र भरतपुर सरकारी अस्पताल पठाईएकोमा स्कुटर चालक जिल्ला चितवन, भरतपुर महानगरपालिका-११ बस्ने २० वर्षीय सागर तामाङ उपचारको क्रममा मृत्यु भएको छ । पछाडि सवार सोही ठेगाना बस्ने २० वर्षीय बिशान्त ढकाल गम्भीर अवस्थामा रहेकोमा नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ । ट्रक चालक जिल्ला तनहुँ बस्ने ५० वर्षीय ढक बहादुर गुरुङलाई नियन्त्रणमा लिई आवश्यक कारवाही भईरहेको छ ।

९२ किलोग्राम लागुऔषध गाँजा सहित ३ जना पक्राउ
२०८०-०२-०७

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१, चौकी टोल स्थित हेटौंडा भैंसे सडक खण्डमा विशेष सूचनाको आधारमा बागमती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय, मकवानपुरबाट खटिएको संयुक्त टोलिले काठमाण्डौंबाट हेटौंडा तर्फ आउँदै गरेको BR01BN 1518 नम्बरको भारतीय कारलाई चेकजाँच गर्दा लागुऔषध गाँजा अन्दाजी ९२ किलोग्राम फेला परेको थियो । कार चालक देश भारत मोझपरपुर बस्ने अन्दाजी वर्ष १८ को अमित कुमार, कारमा सवार जिल्ला पर्सा, सिखरमाई गाउँपालिका-९ बस्ने अन्दाजी ५० वर्षीय नैमुदिन मिया र जिल्ला मकवानपुर, कैलास गाउँपालिका-१०, बाझोखेत बस्ने अन्दाजी ६० वर्षीय बुद्धिमान थोकरलाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।  

निरीक्षण तथा निर्देशन सम्बोधन
२०८०-०२-०५

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले बागमती प्रदेश प्रहरी कार्यालय मातहत जिल्ला प्रहरी कार्यालय धादिङको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुभएको छ । मिति २०८०-०२-०५ गते आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख राणाले कार्यालयको वस्तुस्थिती तथा सम्पादित पछिल्लो गतिबिधीको बारेमा जानकारी लिनुका साथै संगठनले सुम्पेको जिम्मेवारी नागरिकमैत्री तवरले त्रुटिरहित ढंगबाट सम्पादन गरी प्रभावकारी सेवा प्रवाह गर्न प्रहरी कर्मचीहरुलाई आवश्यक बिभागीय निर्देशन समेत दिनुभएको हो । निरीक्षणपश्चात् प्रदेश प्रहरी प्रमुख राणाले जिल्लास्थित सुरक्षा समितिका पदाधिकारी, स्थानिय तहका जनप्रतिनिधी, पूर्व प्रहरी, सञ्चारकर्मी, राजनीतिक दल, बिभिन्न संघ संस्थाका प्रतिनिधी लगायत नागरिक समाजका बिभिन्न व्यक्तिहरुसँग छलफल तथा अन्तरक्रिया समेत गर्नुभएको थियो । 

चितवन, दोलखा र सिन्धुपाल्चोकमा झुण्डी मृत्यु
२०८०-०२-०५

चितवन, माडी नगरपालिका-९, खरिकुना स्थित बस्ने ५७ वर्षीया मन कुमारी अधिकारी घर नजिकै रहेको परालको टौवामा काठको बलोमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।दोलखा, कालिञ्चोक गाउँपालिका-६, लेप्टुन बस्ने अन्दाजी ५३ वर्षीय हर्क बहादुर थापा घरदेखि अन्दाजी २ किलोमिटर उत्तर बारीको झिगानेको रूखमा नाम्लोको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।सिन्धुपाल्चोक, ईन्द्रावती गाउँपालिका-९, कमल डाँडा बस्ने ३१ वर्षीय सुमन मैनाली घरको काठको बलोमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनसुन्धान कार्य भईरहेको छ ।

सवारी दुर्घटना हुदाँ एकको मृत्यु
२०८०-०२-०४

नुवाकोट, बेलकोटगढी नगरपालिका-७, ठुलोखोला पुल स्थित देवीघाटबाट काठमाडौं तर्फ गईरहेको बा ०३-००१ ख २५८४ नम्बरको टिफर र विपरीत दिशाबाट आईरहेको बा ०२-०२९ प ५७५८ नम्बरको मोटसाईकल एक आपसमा ठक्कर खाँदा मोटरसाईकल चालक जिल्ला नुवाकोट, लिखु गाउँपालिका-१ बस्ने २० वर्षीय निरज बि.क. र सोही मोटरसाईकलमा सवार निजको बुवा ५० वर्षीय नेत्रमान बि.क. घाईते भई उपचारको लागी त्रिशुली अस्पताल नुवाकोट ल्याइएकोमा उपचारको क्रममा नेत्रमान बि.क. मृत्यु भएको छ । मोटरसाईकल चालकको त्रिशुली अस्पताल नुवाकोटमा उपचार भईरहेको छ । दुबै सवारी साधन जिल्ला प्रहरी कार्यालय नुवाकोटको नियन्त्रणमा रहेको छ ।

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८०-०२-०२

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-७, बेलिबृज नजिकै बस्ने ५६ वर्षीय जय बहादुर मुक्तान साईकलमा हिडिरहेको अवस्थामा विशेष सूचनाको आधारमा बागमती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलिले चेकजाँच गर्ने क्रममा निजको साथबाट लागुऔषध अफिम जस्तो देखिने २ किलो ९०० ग्राम गिलो पदार्थ फेला परेको थियो । निजको सँगै रहेको बारा निजगढ नगरपालिका-१२ बस्ने २४ वर्षीय विष्णुलाल थिङ र जिल्ला मकवानपुर, बकैया गाउँपालिका-६ बस्ने ३२ वर्षीय दिनेश थिङलाई अवैध लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

भरूवा बन्दुक सहित रकम चोरी गर्ने दुई जना पक्राउ
२०८०-०२-०१

काभ्रेपलाञ्चोक, पनौती नगरपालिका-७ स्थित पनौती सामुदायिक सहकारी संस्थाबाट रू.३३,००,०००।-(तेत्तिस लाख) चोरी गरी फरार भई जिल्ला मकवानपुर, ईन्द्रसरोवर गाउँपालिका-५, मधुवनमा लुकी-छिपी बसेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पनौती, काभ्रेपलाञ्चोकबाट प्रहरी टोलिले खोजतलास कार्य गर्दा जिल्ला मकवानपुर, ईन्द्रसरोवर गाउँपालिका-५ बस्ने अन्दाजी ३० वर्षीय अशोक रुम्बा र सोही ठेगाना बस्ने अन्दाजी ३५ वर्षीय अकबर लामाको साथबाट नगद रू.५,४५,०००।- (पाँच लाख पैतालिस हजार), एकनाले भरूवा बन्दुक र १ थान रड फेला पारी सामान र निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

अधिक लोड >>
कम देखाउनुहोस् <<